दफा १५२
गुनासो सुनुवाई
(१) यस ऐन बमोजिम बीमक, बीमित वा बीमा मध्यस्थकर्ता वा बीमकका सञ्चालक, पदाधिकारी, कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य कुनै सरोकारवालाबाट भए गरेका कुनै काम कारबाही सम्बन्धी कसैको कुनै गुनासो भए प्राधिकरण समक्ष उजुरी दिन सकिनेछ।

(२) गुनासो सुनुवाई तथा गुनासो सुन्ने अधिकारी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।